उर्जा मन्त्री अनन्तको सचिवालयमा कार्यरत जनसम्पर्क अधिकृत मगर नेताद्धारा थवाङ गाउपालिकालाइ १हजार ५वटा माक्स प्रदान

बैशाख १३ रोल्पा । उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनमगर ‘अनन्त’ को सचिवालयमा कार्यरत जनसम्पर्क अधिकृत एबम नेपाल मगर सघ केन्द्रिय सदस्य जिवन रोका मगरले थबाङ गाउँपालिकालाई १ हजार ५ वटा माक्स प्रदान गर्नु भएको छ । सर्जिकल माक्स ५०० वटा, कपडाको माक्स ५०० वटा र एन नाइन्टीफाइभ माक्स ५ वटा गरेर १ हजार ५ वटा माक्स प्रदान गर्नु भएको हो ।

कोरोना भाइरसले विश्व आक्रान्त पारिरहेको बेलामा जनताको सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, फिल्डमा खटिने कर्मचारी र स्वयमसेवकहरुको लागि भनेर जनसम्र्पक अधिकृत रोकाले गाउँपालिकालाई माक्स प्रदान गरेको बताउनु भयो ।  मैले दिएको माक्सहरु प्रयाप्त त नहुनसक्छ तर आफुले सक्दो जति मैले सहयोग गरेको छु यस्ले फिल्डमा खटिनेहरुको लागी थप हौसला हुने र आवश्यक्ता अनुसार थबाङ गाउँपालिकामा रहेकै पाँचवटै वडामा वितरण गर्ने गरी थबाङ गाउँपालिकामा पठाएको रोकाले बताउनु भयो ।

कोरोनाले विश्वमा आक्रान्त भैरहेको बेला यस लडाइमा हामी सबै एकजुट भएर लड्नुको साथै थबाङ गाउँपालिकाको आर्थिक, भौतिक,शैक्षिक एवम सामाजिक विकासको लागी आफु सधै विभिन्न निकायहरु सँग सहकार्य गरिरहेको र अहिलेको लडाइ भनेको हामीले कोरोनाबाट जित्नु नै सबै भन्दा ठुलो जित भएकोले हामीले आधारभुत स्वास्थ्य सरसफाई देखी लिएर खानपिनमा समेत सचेत रहन रोकाले आग्रह गर्नु भयो । रोका थबाङ गाउँपालिका वडा नं ३ मिरुल निवासी हुनुहुन्छ भने पुर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य ओनसरी घर्तीमगरका स्वकीय सचिव हुनुहुन्छ ।

यस अवस्थामा थबाङ गाउँपालिकालाई मनकारी भएका समाजसेवी जिवन रोका मगर प्रति थबाङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले धन्यवाद दिनुभयो । उहाँ जस्तो व्यक्तिहरुको देशमा खाचौ रहेको बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar