वि.सं.२०७७ साल वैसाख १४ गते आइतबारको राशिफल पढ्नुहोस

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवारका साथ रहेर मिठो मसिनो खाने अवसर प्राप्त भएपनि खानपिनको तालमेल नमिल्दा स्वास्थ्य गडबड हुनेछ । पढाइ लेखाइमा मन नजादा अन्य प्रतिस्पर्धीहरु भन्दा पछि परिनेछ । व्यापारमा लगानी गर्ने उपयुक्त समय नरहेकोले तत्काल कुनै व्यावसाय थालनी नगर्नु नै राम्रो रहकोछ । माया प्रेममा रमाउँन चाहनेहरु आज भरसक नभेट्दा नै राम्रो हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । व्यापारमा मन्दि तथा घाटा लाग्नेछ । परिवार तथा आफन्तजन सँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्म विश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अविस्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । पैत्रिक धन सम्पती हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाइने  हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी वढी सफलता हात पार्न सकिनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  

राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । प्रेमका कोपिलाहरु फक्रियर जानेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । प्रेममा धोका हुने अधिक सम्भावन रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी विच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलासी जीवन व्यातीत गर्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ । सहयोगिको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गर्न सकिनेछ सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा घाटा हुनेछ । परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar