व्यावसायी तथा समाजसेवी अमला रोका मगरले १ लाख ३० हजार रुपैया बराबरको स्वास्थ्य सामान सहयोग

< रोल्पा: कोरोना भाईरस (कोभिड-१९) को कारण बिश्वमा महामारी फैलिरहेको अबस्थामा भाईरसबाट सुरक्षित हुन र स्वास्थ्यकर्मीहरुका लागी अत्याबश्यक सामग्रीको निकै अभाव रहेको सबैलाई जानकारि नै छ । व्यावसायी तथा समाजसेवी अमला रोका मगरले १ लाख ३० हजार रुपैया बराबरको स्वास्थ्य सामान सहयोग गर्नुभएको उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनमगर 'अनन्त' को सचिवालयमा कार्यरत जनसम्पर्क अधिकृत एबम नेपाल मगर सघ केन्द्रिय सदस्य जिवन रोका मगरले मगरात नेपाल डटकमलाइ जानकारी दिनुभएको छ। यहि क्रममा रोल्पाको थबाङ गाउँपालिकामा पनि बिरामी चेकजाँचका लागी नभए नहुने थर्मल गनको निकै आबश्यकता रहेको खबर प्राप्त भएपछि थाबाङ गाउँपालिका-२ निवासी हाल काठमाडौंमा रहनुहुने व्यावसायी तथा समाजसेवी अमला रोका मगरले पालिकाका सबै स्वास्थ्यचौकी र अस्पताललाई बितरण गर्नेगरी गरि १० वटा थर्मल गन, १० वटा N-95 मास्क र २५० वटा सर्जिकल मास्क गरी करिब १ लाख ३० हजार रुपैया बराबरको सामान थबाङ गाउँपालिकालाइ सहयोग गर्नुभएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar