उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जिवित र सकुशललै छन्: दक्षिण कोरिया


सउल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जिवित र सकुशलै रहेको दक्षिण कोरियाली अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ। नेता किमको स्वास्थ्य स्थिति खराब भएको र उनको मृत्युसमेत भएको खबर कतिपय सञ्चार माध्यममा आइरहेका बेला दक्षिण कोरियाले उनी सकुशलै रहेको जनाएको हो।

राष्ट्रपतिका विदेश नीति सल्लाहकार मुन चङइनले किम अप्रिल १३ देखि वोन्सान क्षेत्रमा बसेको बताएका छन्। ‘किम जोङ उन जिवित र सकुशल छन्’, मुनले भने, ‘उनी अप्रिल १३ देखि वोन्सान क्षेत्रमा बस्दै आएका छन्। त्यस्तो कुनै शंकास्पद घटना पत्ता लागेको छैन।’

अप्रिल १५ मा किमका हजुरबुबाको जन्मोत्सवमा उनी उपस्थित नभएपछि विभिन्न प्रश्नहरू उठेका थिए। उत्तर कोरियाको राज्य नियन्त्र‍ित सञ्चार माध्यमका अनुसार उनले अप्रिल ११ मा पोलिटब्यूरोको बैठकमा सहभागिता जनाएका थिए। त्यसपश्चात् उनी सार्वजनिक रूपमा देखा परेका छैनन्।

केही दिनअघि अमेरिकी गुप्तचर संस्थाले किमको शल्यक्रिया भएको साथै उनको स्वास्थ्य स्थिति निकै नाजुक भएको बताएको थियो।

त्यस्तै दक्षिण कोरियाबाट उत्तर कोरियामा आधारित प्रकाशन भइरहेको अनलाईन डेली एनकेले किमको मुटु सम्बन्धी समस्या भएको उल्लेख गरेको छ। साथै उनको लगातार उपचार भइरहेको समेत जनाएको छ। उक्त अनलाईनलाई उदृत गर्दै सीएनएनले लेखेअनुसार किमले अत्यधिक धूम्रपान गरेको तथा धेरै धपेडीका कारण स्वास्थ्य समस्या आएको हो।तर वास्तविकता भने अझै खुल्न सकेको छैन।
 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar