लामो समय शारिरिक सम्पर्क नगरे शरिरमा आउछ यस्तो परिवर्तन: लाग्न सक्छ यस्ता रोग


कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी शारीरिक सम्पर्क (सेक्स) गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म शारीरिक सम्पर्क सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ?
यदि तपाईंले लामो समयसम्म शारीरिक सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय सम्पर्क नगर्दा भएको हो भनेर । यो आलेखमा लामो समय सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।
सम्बन्धमा तितोपना : कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन ।
यसको एक प्रमुख कारण लामो समय शारीरिक सम्पर्क सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय शारीरिक सम्पर्क नहुँदा पति–पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।
कामेच्छामा परिवर्तन : लामो समयसम्म शारीरिक सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग शारीरिक सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा (शारीरिक चाहना) जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।
थकान महसूस : तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म शारीरिक सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित शारीरिक सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म शारीरिक सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।
निद्रा नलाग्ने समस्या : लामो समयसम्म शारीरिक सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म शारीरिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।
रोगप्रतिरोधात्मक क्षमतामा कमि : तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा–खोकी कहिलेकाहीँ शारीरिक सम्पर्क गर्दा नै ठीक हुन सक्छ । शारीरिक सम्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ । जसका कारण सामान्य खोले बिमारीबाट शारीरिक सम्पर्क गर्दा पनि छुट्करा पाइन्छ ।
तर, तपाईंले लामो समयसम्म शारीरिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी (जस्तै रुघा–खोकी)बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।
गोप्य अङ्गमा संक्रमण : तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय शारीरिक सम्पर्क नगर्दा तपाईंको गोप्य अंग मा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म शारीरिक सम्पर्क नगर्नु भनको यौ नाङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौ नाङ्ग कमजोर हुन्छ ।
एक रिसर्चका अनुसार लामो समयसम्म शारीरिक सम्पर्क नगर्ने महिलाको यौ नाङ्गको छाला कमजोर र पातलो हुन जान्छ । जसले गर्दा यौ नाङ्गमा संक्रमण हुने खतरा पनि बढी हुन्छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar