रामवहादुर थापा मगर’वादल वा सुवास नेम्वाङलाइ प्रधानमन्त्री वनाउँ: युवराज वाँस्कोटा


काठमाडौं, १५ वैशाख। नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिने नेता युवराज बाँस्कोटाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री बनाउनुपर्ने तर्क अघि सारेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बादललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्।

सोमबार मात्रै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा ‘बादल’मध्ये एकलाई प्रधानमन्त्री बनाउनुपर्नेसम्मको तर्क अघि सारेका छन्। सोमबार मात्रै उनले लगातार तीन स्टाटस लेख्दै नेतृत्व अर्को पुस्तामा हस्तान्तरणको कुरा मात्रै गरेका छैनन्, स्थायी समिति बैठक बस्दा लकडाउनको बेला २५ जनाभन्दा बढी भेला हुन नमिल्ने सरकारी निर्णय उल्लघंन हुनेसम्मको तर्क गरेका छन्।

उनले लेखेका छन्, ‘साँच्चिकै अहिलेको राजनीतिक नेतृत्वको विकल्प खोजिएको हो भने सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा मगर ‘वादल’सहितको दोस्रो पुस्ताको नेतृत्वलाई सर्वसम्मत ढंगले अघि सारौँ। अब क्रमशः पुस्ता हस्तान्तरण गर्दै आम युवा पुस्तामाझ नेपाली कम्युनिष्ट आन्दोलन र यसको भूमिकालाई एकताबद्ध, सुदृढ र प्रभावकारी बनाऔँ।’

उनले नेतृत्व बादल वा सुवास नेम्वाङलाई हस्तान्तरण नगर्ने हो भने नेकपाभित्र विवाद नगर्न पनि भनेका छन्। उनले लेखेका छन्, ‘स्थापित नेतृत्व कमजोर पार्न नेकपाविरोधी शक्ति लागेको यो बेलामा हामी कसैले पनि अनावश्यक गलफदी नगरौँ। एकले अर्कोलाई सम्मान गरौँ। राजनीतिक संगठनलाई अवसरको जोड घटाउ मात्र होइन, राजनीतिक वैचारिक कामको मियो बनाऔँ।’

यस्तो छ बाँस्कोटाको स्टाटस

कुरा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र होइन, नेपाली कम्युनिष्ट आन्दोलनको जगमा उभिएका राजनीतिक व्यक्तित्वमध्ये आधा दर्जन जति प्रधानमन्त्री र झण्डै १ दर्जन उपप्रधानमन्त्री भइसक्नुभएको छ। जिम्मेवारीपूर्वक अघि बढेको यो नेतृत्वले राजनीतिक हैसियत, सम्पूर्ण सेवा, सुविधा, अवसर र प्रशस्तै लाभ लिइसकेको छ। भूमिका निर्वाह क्रममा परीक्षित भइसक्नुभएको छ। राजनीतिक इतिहासको यो समय र काल क्रममा नेता केपी शर्मा ओलीभन्दा उम्दा अरु कोही देखिन सक्नुभएन।

यसका बाबजुद राजनीतिक वैचारिक हिसाबले सवल, सुदृढ र गतिशील नेकपा निर्माणको प्रश्नमा कहिँकतै र कुनै अल्मल छैन र साँच्चिकै अहिलेको राजनीतिक नेतृत्वको विकल्प खोजिएको हो भने सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापासहितको दोस्रो पुस्ताको नेतृत्वलाई सर्वसम्मत ढंगले अघि सारौँ। अब क्रमशः पुस्ता हस्तान्तरण गर्दै आम युवा पुस्तामाझ नेपाली कम्युनिष्ट आन्दोलन र यसको भूमिकालाई एकताबद्ध, सुदृढ र प्रभावकारी बनाऔँ। नत्र, स्थापित नेतृत्व कमजोर पार्न नेकपाविरोधी शक्ति लागेको यो बेलामा हामी कसैले पनि अनावश्यक गलफदी नगरौँ। एकले अर्कोलाई सम्मान गरौँ। राजनीतिक संगठनलाई अवसरको जोड घटाउ मात्र होइन, राजनीतिक बैचारिक कामको मियो बनाऔँ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar