नेकपा सचिवालय बैठक ‘आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिकाे बैठकलगायत छलफल सहित’ अर्को बैठक २० गते बस्ने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक झण्डै ४ घन्टामा सम्पन्न भएको छ । पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न  बेलुकी पाँच बजे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा  बैठक सुरु भएको थियो । 

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीभित्रको आन्तरिक समस्या र पार्टी एकताको सुदृढीकरण, सरकार र स्थायी समिति बैठकलगायतका विषयमा छलफल भएको बताए । उनी भन्छन्, आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ ।’

उनका अनुसार आउँदो २० गते सचिवालय बैठक फेरि बस्नेछ । त्यही बैठकले स्थायी समिति बैठकको मिति तोक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।  उनले भने, ‘यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ । सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ । र, आवश्यक प्रस्तावहरु तयार गर्नेछ । त्यही बैठकले नै माग भइआएको स्थायी कमिटीको बैठक बारेमा पनि आवश्यक निर्णय गर्नेछ ।’

नेकपामा एकअर्काविरुद्ध हस्ताक्षर संकलन थालेका दुवै समूहले एकअर्काविरुद्ध संसदीय दलमा बहुमत रहेको बताएका थिए । ओली पक्षधरले बहुमत सदस्यको हस्ताक्षर गरेको प्रचार गरेपछि प्रचण्ड नेपाल समूहले पनि बहुमत सदस्यको हस्ताक्षर बोकेर बैठकमा पुगेको जनाएको थियो ।प्रधानमन्त्री ओलीले हिजोदेखि आफू निकटको हस्ताक्षर संकलन गरेपछि अर्को समूहले पनि आफू निकटको हस्ताक्षर अभियान थालेको थियो । दुवैपक्षको बहुमतको दावी गरिएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउने तथा गिराउने बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । प्रतिनिधिसभा निर्वाचनबाट देशकै ठूलो दल बनेको नेकपाका १७४ सांसद छन् । यीमध्ये पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ जना सांसद छन् । पूर्वमाओवादीबाट अग्नि प्रसाद सापकोटा सभामुख छन् ।अहिलेसम्मको अवस्थामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको पक्षमा ७८, कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा ५३ र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा ४३ सांसद रहेका छन् । तर एकअर्काले केही सांसद आफ्नो पक्षमा पार्न सक्छन् 

 

प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” काे संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्याे ।

बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयाे । सबै सदस्यहरूले अाअाफ्ना धारणाहरू राख्नुभयाे ।

बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयकाे बैठक बस्ने निर्णय गरेकाे छ ।

 

नारायणकाजी श्रेष्ठ

प्रवक्ता
१७ बैशाख २०७७

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar