पालुङटार (गोरखा) । गृहमन्त्री रामबहादुर थापा बादलका सचिवालय सदस्य राजु राना मगरले गोरखाको पालुङटारमा लकडाउन राहत स्वरुप चामल सहयोग गरेका छन् ।
गोरखा पालुङटार नगरपालिका ३ जलजले स्थायी घर भइ ललितपुर महानगरपालिकाका १४ कुसुन्तीमा बसोवास गर्दै आएका मगरले पालुङटार नगरपालिकालाई ३० केजीका एक सय २० बोरा मनसुली चामल राहतका लागि दिएका हुन् ।
सो चामल मंगलवार एक समारोहका बीच पालुङटार नगर प्रमुख दिपक वावु कँडेल, उपप्रमुख पम्फा बसेललाई हस्तान्तरण गरे ।
कोराना भाइरस संक्रमणको महामारीको समयमा सरकारले गरेको लकडाउनमा पालुङटार नगरपालिका भित्रका विपन्न, गरिव, मजदुरका परिवारका लागि सो चामल राहत स्वरुप सहयोग गरिएको राना मगरले बताए ।
यसअघि पनि राना मगरले चितवन, काठमाडौ, ललितपुर लगायतका स्थानका विपन्न, गरिव, मजदुरका परिवार राहत सहयोग गरिसकेको बताए ।उनले २०७२ सालको भूकम्पको समयमा समेत भूकम्प पीडितदाई राहत वितरण गरेका थिए ।