चिनको गान्सु प्रान्त सरकारद्धारा नेपालको प्रदेश नं ५ (मगरात) र वागमती प्रदेश (नेवा:ताम्सालिङ्ग) लाइ स्वास्थ्य सामाग्री


काठमाडौं । विश्वव्यापी महामारीको रुप लिइरहेको कारोना भाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश( नेवा:ताम्सालीङ्ग)र प्रदेश नं ५(मगरात) लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्ग होङ्गले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको रोहोबरमा सो मन्त्रालयका सचिव केदारवावु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराइले कोरोना विरुद्धकोे लडाई जित्नका लागि प्राप्त स्वास्थ्य सामग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । यो खालको सहयोगले नेपाल–चीनबीचको सम्वन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनताबीचको सम्वन्धलाई पनि प्रगाढ बनाउने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे । 

त्यस्तै, गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयाग गर्दै जाने बताए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar