संसार हल्डाउदै छ ,२०पछि सार्वजानिक कार्यक्रममा देखिए किम!


प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उत् कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले दिएको खबर अनुसार शुक्रबार एक कार्याक्रममा उनी सहभागी भएका  हुन्। 

प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक रसायनिक मल उद्योगको निर्माण समापन पछिको उद्घाटन कार्यक्रममा शुक्रबार किम सहभागी भएको  केसीएनएले जनाएको छ। 

अप्रिल ११ पछि किमले  सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो। 

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो । सो दिनमा पनि किम  कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अड्कल गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा खबर आएका थिए। केही दिनअघि मात्रै पनि दक्षिण कोरियाली अधिकारीहरुले भने किम सकुशल रहेको दाबी गरेका थिए।  

उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले किम सहभागी भएको कार्यक्रमका धेरैवटा तस्बिर शनिबार सार्वजनिक गरेको छ। 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar