अन्तरार्ष्ट्रिय श्रमिक दिवसको अवसरमा हार्दिक शुभकामना -कविता,गौरा कुमारी घर्ती मगर


सुर्खेत:Happy Int.labors Day(1st
May) .
गौरा कुमारी घर्ती मगर
कविता

श्रमिक र श्रमको सहि कदर विना चौतर्फी विकास हुदैन
धर धरी रुवाएर श्रम गराउनेको कहिल्यै भलो हुँदैन ।।१

लिङ्ग,वर्ण,ठाउँ अादिकाे आधारमा विभेद गर्नु हुँदैन
श्रम त श्रम हो नि छुट्टाएर अधर्म गर्नु हुँदैन ।।१

जहाँ सुकै र जुनसुकै ओहोदाको श्रमिक होस ठग्नु हुँदैन
काममा लाखराक लुखरुक गरेर श्रमको ब्यजेत गर्नु हुँदैन ।।१

ज्ञान, सुचना र सञ्चारको सवालमा पछि पर्नु हुँदैन
आफुले गरेको श्रम हो
पसिनाको मुल्य हो
समयको मुल्य हो
आफ्नो श्रमको बारेमा भन्न कहिल्यै लाज मान्नु हुँदैन।।१

कोहि पनि श्रमिक र मजदुर भोको हुनु हुँदैन
राजनितीमा उथल पुथल भए पनि श्रममा वेवास्ता हुनु हुँदैन।।१

हरेक ठाउमा श्रम र श्रमिकको सहि कदर हुनुपर्छ
शारिरीक होस मानसिक दुबैको उत्तिकै संमान हुनुपर्छ ।।१

गौरा कुमारी घर्ती मगर
कर्णाली प्रदेश
२०७७-१-१९, १०:६

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar