काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ७ सय ७८ पुगेको छ । संक्रमितको संख्या बढेर ३४ लाख ८४ हजार १ सय ७६ पुगेको छ । त्यसमध्ये ११ लाख २१ हजार ५ सय ३९ जना उपचारपछि घर फर्किएका छन् । अझै ५० हजार ८ सय ५८ जनाको अवस्था गम्भीर छ ।
अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ६७ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २५ हजार १ सय, इटलीमा २८ हजार ७ सय १०, बेलायतमा २८ हजार १ सय ३१, फ्रान्समा २४ हजार ७ सय ६० र बेल्जियममा ७ हजार ७ सय ६५ जनाको मृत्यु भएको छ ।