भारतिय नाकामा थप फौजि परिचालन गर्ने कडा निर्णय गर्दै सिमा कडाइ गर्न सुरक्षा संयन्त्रलाइ गृहमन्त्री ‘वादल’ को कडा निर्देशन


काठमाडौँ — माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’को अध्यक्षतामा वैठक वसि भारतिय नाकामा थप फौजि परिचालन गर्ने कडा निर्णय गर्दै प्रतिष्ठान तथा सरकारी तैनाथ सशस्त्र प्रहरी र नेपाली प्रहरी, सेना खटाउन माननिय गृमन्त्री राम बहादुर थापा मगर’वादल’ ले कडा निर्देशन दिनुभएको छ।

भवन तथा प्रतिष्‍ठानको सुरक्षामा तैनाथ दुवै प्रहरी जनशक्तिलाई नेपाल-भारत सीमा क्षेत्रमा खटाएर सेनालाई ती संरचनाको सुरक्षामा खटाइने भएको हो ।

माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’को अध्यक्षतामा बसेको सुरक्षा बैठकले सरकारी संरचना र प्रतिष्ठानमा तैनाथ जनशक्तिको विवरण पेश गर्न पनि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले महत्वपूर्ण प्रतिष्ठान,सरकारी भवन/संरचना तथा विभिन्‍न क्षेत्रको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीको विवरण आगामी बैठकमा पेश गर्न निर्देशन दिइएको बताए । चुनावताका यस्ता संरचनाको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रलाई झिकेर अस्थायी रुपमा सेनालाई खटाइने गरिएको थियो ।

गृहको यो निर्णयसँगै देशभरका कारागार,विभिन्‍न राजदूतावास,नेपालस्ठित अन्य कूटनीतिक नियोग,विशिष्ट व्यक्तिहरु बस्‍ने निवास तथा कार्यालय लगायत संरचनाको सुरक्षामा अर्को व्यवस्था नभएसम्मका लागि नेपाली सेनाको जनशक्ति खटाइने भएको छ ।

दक्षिणतर्फ नेपाल-भारत १ ८ सय ८० किलोमिटर लम्बाईको सीमा क्षेत्रलाई कडाई गरिने छ । लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १२ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ भने नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।

गृहको पछिल्लो निर्णयसँगै सीमा क्षेत्र आवातजावतमा थप कठाइ गर्न अन्य जिल्ला र महत्वपूर्ण भौतिक संरचनाको सुरक्षामा खटिएका जनशक्तिमा पनि सीमा केन्द्रीत गरिने छ । सुरक्षा निकायहरुबाट प्राप्त विवरणपछि सीमा क्षेत्रमा थप जनशक्ति परिचालन बारे थप निर्णय गरिने गृह प्रवक्ता शर्माले बताए ।

आइतबारको सुरक्षा बैठकमा ४ वटा सुरक्षा निकाय,स्वास्थ्य,परराष्ट्र लगायत मन्त्रालयका उच्च अधिकारी उपस्थिती थिए ।

सेना परिचालन सम्बन्धी औपचारिक निर्णय मन्त्रिपरिषद्ले गर्ने छ भने कुन रुपमा सेनामा खटाइने भन्‍ने विषय गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्ने प्रवक्ता शर्माले बताए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar