विश्वमा कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या २,५०,१५५ पुग्यो!

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको सख्ंया २ लाख ५० हजार १ सय ५५ पुगेको छ । संक्रमितको संख्या बढेर ३६ लाख १३ हजार ८४ पुगेको छ । संक्रमितमध्ये ११ लाख ७१ हजार ४७ जना उपचारपछि घर फर्किएका छन् । ५० हजार ७४ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा ६९ हजार ६४ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २५ हजार ४ सय २८, इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७ सय ३४, फ्रान्समा २४ हजार ८ सय ९५ र बेल्जियममा ७ हजार ९ सय २४ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar