क्रान्तिकारी सिद्धान्तबिना मुक्ति सम्भवै छैन । तर वर्ग भनेको कुनै एउटा जाति वा लिङ्ग मात्रै हैन:आदिवासी जनजाती नेता शुरेस आले मगर


काठमाण्डौं: नेपाल आदिवासी जनजाती महासंघको सँस्थापक, महासचिव नेकपाको केन्द्रिय सदस्य,नेकपा निकट आदिवासी जनजाती महासंघ,नेपाल अध्यक्ष, आदिावासी जनजाती आनदोलनको अग्रज नेता सुरेश आले मगर मेइ ५ ! २०३औं मार्क्स जयन्ती यसरी सम्झिनुभएको छ।जर्मनीको ट्रीअर शहरमा जन्मनु भएका मार्क्सवादका प्रवर्तक, विश्व सर्वहारा वर्गका नेता, गुरु, महान दार्शनिक तथा विचारक क. कार्ल मार्क्सप्रति हार्दिक एवं भावपुर्ण श्रद्धाञ्जली ! ब्यक्त गर्नुभएको छ। उहाले सम्झदै भन्नुभयो,
वहाँद्वारा प्रतिपादित क्रान्तिकारी तथा वैज्ञानिक सिद्धान्तको अझै पनि आवश्यकता, सान्दर्भिकता एवं महत्त्व छ र पूजीवादी जनवादी क्रान्तिका बाकी कार्यभार पूरा गरी समाजवाद हुँदै साम्यवादमा नपुगेसम्म अर्थात वर्गविहीन र राज्यविहीन समाज निर्माण नभएसम्म रहिरहनेछ । उत्पीडित आदिवासी जनजाति, दलित, मधेशीजस्ता उत्पीडित जनताको मुक्तिका लागि त झन अत्यन्तै आवश्यकता छ, यस्ता क्रान्तिकारी सिद्धान्तबिना मुक्ति सम्भवै छैन । तर वर्ग भनेको कुनै एउटा जाति वा लिङ्ग मात्रै हैन, नेपालका कम्युनिस्टहरुले यो यथार्थ आत्मसात गर्न जरुरी छ ।
मार्क्सलाइ उहाँले गहिरो रुपमा भन्नुभयो,यस दिवसले आदिवासी जनजाति, दलित, मधेशीलगायतका उत्पीडित जनतालाई आफ्नो मुक्तिका लागि सर्वहारा तथा श्रमिक वर्गसङ्ग एकाकार हुँदै अझ संघर्ष गर्ने शक्ति, प्रेरणा र साहस प्रदान गरोस ! यहि सन्देश दिनुभएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar