काठमाडौं । लकडाउनकै बीचमा आदिवासी जानजाति प्रतिष्ठानको सञ्चालक परिषदको बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिष्ठानको २०औ संचालक परिषदको बैठक बसेको हो । प्रधानमन्त्री तथा परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा उपस्थित परिषद सदस्यहरुलाई सम्बोधन गरेका थिए ।
त्यसैगरी परिषदका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा चलेको बन्दसत्रले आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रम अनुमोदन गरेको छ । साथै, आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रमको योजना तर्जुमा, प्रतिष्ठानको निर्देशिका नियमावली संसोधन, उपाध्यक्ष नियुक्ति सिफारिस समिति र कार्यकारी सदस्य सिफारिस समितिको सर्वसम्मत निर्वाचित गर्ने लगायतका बिभिन्न निर्णय गरेको छ ।
उपाध्यक्ष नियुक्ति सिफारिस समितिमा परिषदले ज्ञानेन्द्र पुनलाई तोकेको छ । सो समिति सहअध्यक्षको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ र परिषदले तोकेको सदस्य रहने व्यवस्था छ ।त्यसैगरी, कार्यकारी सदस्य सिफारिसका लागि मुकुन्द पहरी, जीवन राई र दिपक याख्या रहेको समिति बनेको छ ।
नेफिनको तर्फवाट नेपाल आदिवासी जनजाती महासंघ संघिय परिषद्को उपाध्यक्ष एबम् प्रवक्ता नवीन रोका मगरले सम्वोधन गर्नुभएको थियो साथै नेपालका आदिवासी जनजाति अभियान र आन्दोलनलाई एकतावद्ध भएर अगाडि बढने योजनालाई आकार दिन सबै विचार र समुदायको सहभागितामा संगठन निर्माण गर्दै जानू पर्ने भनाइ राख्दै अपिल गर्नु भयो र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको वैठक विभिन्न निर्णय सहित सम्पन्न भएको छ।