कोरोना भाइरसले इटलीमा भन्दा बेलायतमा धेरैको मृत्यु


काठमाडौ । विश्वव्यापी महामारी कोरोना भाइरसबाट ज्यान गुमाउनेमा बेलायतले इटालीलाई पनि उछिनेको छ । इटाली र बेलायमा कोरोनाले मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ । तर संख्याका हिसाबले इटालीभन्दा बेलायतमा धेरैको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म इटालीमा २९ हजार ३ सय १५ जनाको ज्यान गएको छ भने पछिल्लो २४ घण्टामा २ सय ३६ जनाको मृत्यु भएको छ । तर बेलायतमा पछिल्लो चौबिस घण्टामा ६ सय ९३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या २९ हजार ४ सय २७ पुगेको छ ।

जुन इटालीको भन्दा १ सय १२ जनाले धेरै हो । पछिल्लो समय बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । केही दिनअघि ४ हजार जनाले एकैदिन ज्यान गुमाएका थिए । संक्रमितको संख्या भने अहिले पनि इटालीमा धेरै छ ।

इटालीमा २ लाख १३ हजार बढी संक्रमित छन भने बेलायतमा १ लाख ९४ हजार संक्रमित रहेका छन । कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ७१ हजार बढीको ज्यान गएको छ भने १२ लाख संक्रमित छन ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका २ सय १२ देशमा फैलिदा झण्डै ३७ लाख संक्रमित छन भने साढे दुई लाख मानिसले ज्यान गुमाइसकेका छन ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar