आज मन्त्रि परिषद् बैठक ११ बजे वस्दै:लकडाउन लम्ब्याउदै


काठमाडौं  । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ । संक्रमितको संख्या बढेसँगै सरकार लकडाउन लम्ब्याउने तयारीमा पुगेको छ ।

लकडाउनको मोडालिटी परिवर्तन गर्दै केही खुकुलो बनाउने तयारीमा पुगेको सरकार पछिल्लो समय नेपालगञ्जमा बढेको संक्रमितको संख्यासँगै लकडाउन पुनः लम्ब्याउने निचोडमा पुगेको हो । लकडाउन कति समय लम्ब्याउने भन्ने विषयमा आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।

लकडाउन नलम्ब्याउने कि भन्ने निचोडमा आफूहरु पनि पुगेको भन्दै एक मन्त्रीले लकडाउन नलम्व्याउँदा कोरोनाको संक्रमण थप बढ्ने संकेत देखिएको बताए । उनका अनुसार, लकडाउन बढाएर संक्रमण रोक्ने सोंचका साथ सरकारले लकडाउन बढाउने निर्णय लिनेछ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको अवधि थप्न सिफारिस गरेको थियो ।मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लक डाउन बढाउने भन्ने निर्णय नगरेपनि बढ्न सक्ने संकेत गरेको हो ।

अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

लकडाउन कति समय थप हुन्छ भन्ने विषयमा केही नभनेपनि उनले ‘लक डाउन लम्बिन सक्छ’ भने । नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उनले बताए ।

मन्त्रिपरिषद् बैठकमा लक डाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने, ‘‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ ।

लक डाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’’ प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा समन्वय समितिको बैठक बसेको हो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar