लकडाउन जेष्ठ ५ गते सम्म लम्ब्याउने मन्त्रीपरिषद्को निर्णय

लकडाउन जेष्ठ ५ गते सम्म लम्ब्याउने मन्त्रीपरिषद्को निर्णय

काठमाडाैं : सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

सरकारले यसअघि वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारले कोरोनाको संक्रमण बढ्न नदिन भन्दै लकडाउन लम्ब्याउँदै आएको छ।सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसपछि पटक पटक थपिएको लकडाउन वैशाख २५ गते सम्म निरन्तर छ। लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar