जनजाती प्रतिष्ठानमा १६ सदस्य मनोनित,अधिकांश ‘पहिचान विरोधि’ आन्दोलन अपरिचित


काठमाडौं । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा १६ सदस्य मनोनित गरेको छ ।

मन्त्रिपरिषदको वैशाख १४ गते बसेको बैठकले प्रतिष्ठानमा सदस्यहरु मनोनित गर्ने निर्णय गरेको हो । मनोनित सदस्यहरुमा १४ जना महिला छन् भने दुई पुरुष छन् ।

यसरी मनोनित सदस्यहरु प्रत्येक प्रदेशबाट दुईजना छन् भने उद्योगी, व्यवसायीको तर्फबाट मनोनित दुईजना छन् । उनीहरुको कार्यकाल चार वर्षको हुनेछ ।

प्रदेश १ बाट जुनिता राई र रोशनी मेचे छन् । त्यस्तै, प्रदेश २ बाट बुद्धकुमारी लामा र बेदकुमारी मण्डल छन् । बागमती प्रदेशबाट छिरिङ माया लामा र लेन्जुम शेर्पेनी छन् । गण्डकी प्रदेशबाट बसुन्धरा घर्ती (भुजेल) र टसी गुरुङ छन् । प्रदेश ५ बाट हिरुसरा राना र लिला थापा बराल छन् ।

त्यसैगरी, कर्णाली प्रदेशबाट देउकली थापामगर र बिमला गुरुङ मनोनित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट कुस्मा राना थारु र रुपा सोसी चौधरी छन् । उद्योगी व्यवसायीको तर्फबाट देवराज राई (उदयपुर) र नारायण सुनुवार (सिन्धुली) मनोनित भएका छन् । 

मनोनित अधिकांश आदिवासी जनजातिका अधिकारबारे खासै चासो र चिन्ता नभएका परेका छन् । एक अभियन्ताले भने, ‘अधिकांश मनोनित सदस्य पहिचान विरोधी,आन्दोलनसित अपरिचित रहेछन् ।’

मनोनित सदस्यहरुमा रोशनी मेचे, जिना देवान र हिरा राना आन्दोलनमा परिचित नाम हो । मेचे जनजाति महासंघको पूर्वउपाध्यक्ष हुन् भने देवान राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव छन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar