किरात चाड साकेला उभौलिको शुभकामना शन्देश यस्तो छ,सामाजिक दुरि सहित साकेला र देवाली मानाइदै,


काठमाण्डौं। किरात राई समुदायको साकेला उभौली, हिन्दूधर्मावलम्बीको देवालीलगायत विभिन्न जातजातिको चाडवाडमा यसपटक विगतको जस्तो भीडभाड हुने छैन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्लामा साकेला, देवालीलगायतका चाडवाड कम उपस्थितिमा मनाउन आग्रह गरेको छ । नजिकिँदै गरेको अवस्थामा मंगलबार बसेको समितिको बैठकले कम उपस्थितिमा धार्मिक, सामाजिक, सांस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।
बढी भीडभाड हुँदा एकबाट अर्को व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा देखिएकाले साकेला, देवालीलगायतका चाडवाडलाई विधिकारूपमा मात्र मनाउन आग्रह गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । “चाडवाड मनाउनेक्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढीको उपस्थिति नगर्न÷नगराउन आग्रह गरिएको छ”, उनले भने, “बैठकमा सहभागी विभिन्न जातीय सङ्गठनका प्रतिनिधिले पनि बढीमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउने निर्णयमा सहमति जनाएका छन् ।”

किरात राई यायोक्खाको तर्फबाट किरात चाड साकेला उभौलिको शुभकामना शन्देश यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar