काठमाण्डौं:नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक संजालमा निकै सक्रिय छन्।
कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक संजालको नशाले राम्रैसँग छोएको छ ।
नायक हमाल लकडाउनको समयमा घरमा छन् । उनी हरेक दिन सामाजिक संजालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् ।
नायक हमालले विशेषगरि सामाजिक संजालमा लकडाउनको समयमा आफूले व्यायम गर्दै गरेको तस्वीर र भिडियो बढी पोष्ट गरेका छन् ।
लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वस्थ्यलाई ख्याल गर्दै नायक हमाल निरन्तर व्यायम गर्दै आएका छन् ।
हरेक दिन बिहान व्यायम गर्ने कुरामा मात्र होइन, उनी खानेकुरामा पनि उत्तिकै सजग छन् ।
हमालको यो मेन्टेनबाट अहिलेका युवाहरुले धेरै कुरा सिक्न सक्छन् । नायक हमालको व्यायमले पक्कै पनि उनका शुभचिन्तकहरुमाझ गज्जबको छाप छाडेको हुनुपर्छ ।