काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार ६ सय ९४ पुगेको छ । संक्रमितको संख्या बढेर ३९ लाख १५ हजार ८ सय ३६ पुगेको छ । १३ लाखभन्दा धेरै उपचारपछि घर फर्किएका छन् भने झण्डै ५० हजारको अवस्था गम्भीर छ ।
आज सबैभन्दा धेरै अमेरिकामा १ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा २ सय १३, इटलीमा २ सय ७४, बेलायतमा ५ सय ३९, रसियामा ८८, फ्रान्समा १ सय ७८ र जर्मनीमा ६७ जनाको मृत्यु भएको छ ।