आजवाट भारतिय सिमाक्षेत्रमा नेपालि सेनाको गस्ती परिचालन हुदै:

भारतिय सिमाक्षेत्रमाआजवाट भारतिय सिमाक्षेत्रमा नेपालि सेनाको गस्ती

काठमाडौं,: कोरोना संक्रमणको त्रासबीच छिमेकी मुलुकसँगको नाकामा कडाइ गर्दै आइरहेको सरकारले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि आक्रमण हुन थालेपछि सेनालाई गस्तीमा खटाउन सक्ने गरी आवश्यक निर्देशन दिएको छ ।
सीमा नाकाबाट हुने अवैध प्रवेश रोक्दा सुरक्षाकर्मीमाथि नै आक्रमण हुन थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहने गरी सेनालाई गस्तीमा खटाउन निर्देशन दिएको हो । गृहले त्यसका लागि जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्ला सुरक्षा समितिलाई आवश्यकताका आधारमा सुरक्षा व्यवस्थापन गर्न सक्ने गरी निर्देशन दिइएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar