संसदको अधोवेशन ४ वजे शुरु दलको नेताहरुले बोल्ने काङ्ग‌ग्रेसको तर्फवाट सभापती देउवाले वोल्ने

काङ्ग‌ग्रेसको सभापती शेरवहादुर देउवा

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभामा धारणा राख्ने भएका छन्।

संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। संसदको कार्यसूची अनुसार आज संसदमा रहेका दलका नेताहरूले धारणा राख्नेछन्।प्रमुख प्रतिपक्षी दलका तर्फबाट देउवाले धारणा राख्ने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।
त्यस्तै, नेकपाका दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली भए पनि उपनेता सुवास नेम्वाङले धारणा राख्नेछन्।

समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव र राजपा नेपालका तर्फबाट महन्थ ठाकुरले धारणा राख्नेछन्।

संसदको अधिवेशन ४ बजेबाट प्रारम्भ हुँदैछ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar