प्रचण्ड-ओली को छुट्टै वार्ता ,संसद बैठक वस्नुअघी नेकपा अध्यक्ष प्रचण्ड सहितको नेता वालुवाटारमा


काठमाडौं । संसद बैठक सुरु हुनुअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु बालुवाटार पुगेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभा संसदीय दलका नेता दीननाथ शर्मा, लगायतका नेताहरु बालुवाटार पुगेर छलफल गरेका हुन् । 

संसद बैठक सुरु हुनुअघि संसदीय दलको बैठक बस्ने परम्परा अनुसार नेताहरु बालुवटार पुगेर छलफल गरेका हुन् । नेकपाको संसदीय दलका नेता प्रधानमन्त्री केपी ओली हुन् । 

‘कोरोनाका कारण डिस्टेन्स कायम गर्नुपर्ने भएकाले औपचारिक रुपमा संसदीय दलको बैठक बस्न सकेन । त्यही भएर बालुवाटारमै छलफल भएको हो’, प्रमुख सचेतक देव गरुङ मगरात डटकमलाइ बताए । त्यसक्रममा दलका नेताले बजेट अधिबेशनमा आफ्ना दलका सांसदहरुलाई संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएको छ । ‘संसदमा प्रभावकारी ढंगले उपस्थित हुन र सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्न दलको नेताले आग्रह गर्नुभयो’,

नेताहरुको सामुहिक भेटपछि दुई अध्यक्षबीच पनि छुट्टै कुराकानी भएको नेम्वाङले जानकारी दिए । उनले ओली प्रचण्डबीच छुट्टै कुराकानी भएपनि के विषयमा कुरा भयो भन्ने थाहा नभएको बताए । वालुवाटार श्रोतका अनुसार दुई नेताबीच स्थायी समिति बैठकबारे कुनै छलफल भएन । तर बजेट तथा निती कार्यक्रमबारे छलफल भएको थियो । 

यसअघि स्थायी समिति बोलाउनुपर्ने नेताहरुको माग अनुुसार दुई अध्यक्षले सल्लाह गरेर बैठक बोलाउने अध्यक्ष प्रचण्डले बताएका थिए । 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar