चिनियाँ नागरिकहरुद्धारा घर फर्कन माग गर्दै प्रदर्शन, प्रहरीसँगको झडपमा दुइ विनियाँ घाइते


काठमाडौँ । चिनियाँ नागरिकहरुले घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडी प्रदर्शन गरेका छन् । सिंहदरबार गेटमा धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप समेत भएको छ । झडपमा परी दुई चिनियाँसहित ६ जना घाइते हुन पुगेका छन् ।

शुक्रबार दिउँसो सरकारद्वारा घोषित निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीको लाठी चार्जको क्रममा दुई चिनियाँ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु अस्पताल जान नमानेको प्रहरीले जनाएको छ ।

यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्नेतसहित ४ जना प्रहरी घाइते भएका छन् । अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहका छन् । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजेपनि हट्न मानिरहेका छैनन् । करिब २० जनाभन्दा बढी संख्यामा रहेका उनीहरु ‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि प्रदर्शन गरिरहेका छन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar