विश्वमा कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या २८२,५१५ पुग्यो:


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ५ सय १५ पुगेको छ । संक्रमितको संख्या ४१ लाख ५१ हजार ८ सय ९१ पुगेको छ । संक्रमितमध्ये १४ लाख ६५ हजार ४ जना उपचारपछि घर फर्र्किएका छन् । ४७ हजार ३ सय ५७ जनाको अवस्था गम्भीर छ ।

आज अहिलेसम्म अमेरिकामा ३ सय १३, स्पेनमा १ सय ४३, बेलायतमा २ सय ६८, इटलीमा १ सय ६५, रसियामा ८८, ब्राजिलमा ८३, टर्कीमा ४७, इरानमा ५१, क्यानडामा ३५ र भारतमा १ सय ६ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar