विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८४,००४ पुग्यो:


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८४ हजार ४ पुगेको छ । संक्रमितको संख्या बढेर ४१ लाख ९४ हजार ६ सय पुगेको छ । त्यसमध्ये १४ लाख ९९ हजार ६ सय २० जना उपचारपछि घर फर्किएका छन् भने ४७ हजार ४३ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८० हजार ७ सय ८७ जनाको ज्यान गइसकेको छ । स्पेनमा २६ हजार ६ सय २१, बेलायतमा ३१ हजार ८ सय ५५, इटलीमा ३० हजार ५ सय ६०, फ्रान्समा २६ हजार ३ सय ८० र ब्राजिलमा ११ हजार १ सय २३ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar