नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुलीका अध्यक्ष राजन दाहाल पछिल्लो समय कोरोना भाइरसको महामारीबाट बच्नका लागि गाउँगाउँ फर्किएकाहरुको उद्दारमा निकै सक्रिय देखिए । बागमती प्रदेशका सदस्य समेत रहेका दाहाल लकडाउनका बेला बिचल्लीमा परेकाको उद्दारका क्रममै लडेर हात समेत भाँचिए । यो परिस्थितिमा सांसदहरु खुलेरै जनसेवामा विरलै देखिए । तर, सांसद दाहाल भने अहोरात्र खटिएको भेटिए । हक्की स्वभावका सांसद दाहाल सबै पक्षलाई समान रुपमा सहयोग गर्छन् । उनै सांसद दाहालसँग हाम्रा नागरिकखबर डटकम सहकर्मी दिपेश थापाले यो महामारीका बेला अब के गर्ने ? भनेर सोधेका छन् । प्रस्तुत छ उनको भनाइ
कोरोना भाइरसविरुद्ध हामीले अपनाउनुपर्ने सबै सचेतनाहरु सबै उपायहरु स्थानीय तह र जनताको एकीकृत पहलबाट अपनाइएको छ । त्यहीँ परिणाम स्वरुप हाम्रो सिन्धुली जिल्लामा कोरोना प्रवेश गर्न पाएको छैन । यो मानेमा हामी गर्व गर्दछौ ।
अहिले बाहिरबाट आउने विशेष गरेर मुस्लिम समुदायमा हाम्रो जिल्ला नजिकैको ब्यापारिक नाका बीरगन्ज एरियामा कोरोना देखिएको सन्दर्भमा हामी झनै चनाखो भएर आगामी दिनमा पनि हामी उच्च सतर्कताका साथ काम गर्नेछौं । सिन्धुलीमा अहिलेसम्म कोरोना नदेखिएको सन्दर्भमा बाहिरबाट आउने मानिसहरुमा सतर्कता अपनाउनुपर्ने खाँचो छ ।
नेपालकै आँकडा हेर्दा पनि बिदेशबाट आएकामा कोरोना रोग देखिएको छ । सरकारले बिदेशबाट आउन रोक लगाएको छ । यस्तोमा आउनैपर्ने, ल्याउनै पर्ने भए पनि आइसोलेसन, क्वारेन्टाइनको ब्यबस्था गर्ने र दे भित्र जहाँ–जहाँ समस्या छैनन, त्यहाँ लाइफलाइन अब बिस्तारै चलाउन पर्छ ।
लकडाउन भएको करिव दुई महिना हुन लाग्यो । यसरी हामी सधैँ बसिरहन सकिँदैन । त्यसकारण विकास निर्माणका कामहरु समग्रमा जनताहरुलाई राहतमा होइन, उत्पादन र रोजगारी जोडनुपर्छ । अब राहत बाड्नेभन्दा पनि बिकास निर्माणमार्फत उत्पादन रोजगारी जोड्नुपर्यो । हामीले कृषि सम्बन्धि कामहरु बढीभन्दा बढी गरेर किसानलाई मल बिउबिजनहरु, प्राबिधिक सहयोगहरु दिने गर्नुपर्छ । यसो गर्दा उत्पादन बढ्ने गर्छ ।
अहिले जो गरिब छन, तीनलाई राहतभन्दा पनि काम दिनुपर्छ । तर अशक्त अपांग र वृद्धबृावस्थाका नागरिकलाई राहत दिने गर्नुपर्छ । काम गर्न सक्नेले त काम गर्नुपर्छ । हामीले काम गर्नसक्ने वातावरण बनाउनुपर्छ ।
मैले स्थानीय तहका प्रमुखहरुलाई पनि भनेको छु । ठाउँ पहिचान गरेर काममा लगाउने काम गरे बापत उहाँहरुलाई पारिश्रमिक दिने गर्नुपर्छ । कामको ज्याला दिने कामको मूल्य दिने त्यसो गरियो भने कमसेकम तत्कालीन समस्या छ, त्यो धेरै हदसम्म चुल्हो नै नबल्ने समस्या हल गर्न सकिन्छ । हुन त चुल्हो नै नबल्ने हदसम्मको समस्या हाम्रो जिल्लाको नौ वटा नै तहमा जनस्तरमा अहिले देखिएको छैन । जिल्लामा खानै नपाएको र खाना नपाएर माग्दै हिड्नु परेको अबस्था छैन । जनता भोकै पनि नमरुन, मैले भन्ने गरेको छु पेटका भोकाले राहत पाउन ।
मनका भोका धेरै छन । पेटका भोका कम छन । जनताको पेट भोको नहुने गरेर अहिले स्थानीय सरकारहरुले काम गर्नुपर्ने जरुरी छ ।