दृष्टिबिहिन सहिद परिवारलाई सहयोग गर्नुभयो, पुर्व सभामुख तथा माननिय सांसद ओनसरी घर्ति मगर


काठमाण्डौ: विश्व व्यापी महामारी कोरोना भाईरसका कारण देश लगदाउनमा रहेकोले बेला दैनिक ज्यालादारी गरेर गुजरा गर्ने हजारौं श्रमजीवी मजदुरहरु यतिखेर साझ बिहानको भान्सामा आगो बाल्न निकै सकस परिरहेको अबस्था छ ।यहि क्रममा रोल्पा नगरपालिका ८ घर भई हाल काठमाडौको जोरपाटीमा बस्दै आएका जनयुद्दका सहिद पुर्खे सुनारका भतिजा दृष्टिबिहिन भिमबहादुर बि.क. ले अरु बेला चोकमा गीत गाउदै दैनिक १,२ सय रुपैया कमाउने र उनको श्रीमतिले साहुको घरमा काम गरि मासिक ८ हजार कमाएर एउटा दृष्टिबिहिन बहिनि र १ छोरा १ छोरि गरि ५ जनाको परिवारमा गुजरा चलाउदै आएका रहेछ्न । तर अहिले, लकडाउनको कारण चोकमा गीत गाउन र श्रीमतिले काम गर्न नपाउदा साझ बिहान छाक टार्न र छोराछोरी भोकै हुन थालेको खबर पाए पछी पुर्व सभामुख तथा माननीय सांसद ओनसरी घर्ती ज्यूले उहाहरुको बास्तबिक अबस्था बुझ्न र केहिदिनको लागी भान्सामा आगो बाल्न नगद रु. १० हजार दिई उहाहरुलाई बुझाउन भन्नु भएको थियो । त्यसैले उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनमगर ‘अनन्त’ को सचिवालयमा कार्यरत जनसम्पर्क अधिकृत एबम नेपाल मगर सघ केन्द्रिय सदस्य जिवन रोका मगरले उहाहरुको कोठा जोरपाटी पुगि सो सहयोग रकम हस्तान्त्रण गरिएको जानकारी मगरात डटकमलाइ दिनुभयो ।
साथै उहाहरुको अबस्था निकै दयनिय देखेपछि उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनमगर ‘अनन्त’ को सचिवालयमा कार्यरत जनसम्पर्क अधिकृत एबम नेपाल मगर सघ केन्द्रिय सदस्य जिवन रोका मगरले पनि रु. २ हजार आर्थिक सहयोग प्रदान जानकारी दिनुभएको छ।
सहयोग भन्ने कुरो पैसा बढि भएर गर्ने होईन मन र दया लागेर गर्ने कुरो रहेछ । यस्तो संकटकाे बेला उहाहरु जस्तै अहिले काठमाडौंमा थुप्रै परिवार भोकभोकै हुने अबस्था रहेको छ । त्यसैले कोहि सेवा नै धर्म हो भन्ने मान्यता साथ आर्थिक सहयोग गर्न इच्छुक हुनुहुन्छ भने आउनुहोस केहि ब्याक्तिगत रकम जम्मा गरी दुखि र गरिबहरुलाई दैनिक छाक टार्न सहयोग गरौ उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनमगर ‘अनन्त’ को सचिवालयमा कार्यरत जनसम्पर्क अधिकृत एबम नेपाल मगर सघ केन्द्रिय सदस्य जिवन रोका मगरले सवैलाइ आव्हान गर्नुभएको छ।

उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनमगर ‘अनन्त’ को सचिवालयमा कार्यरत जनसम्पर्क अधिकृत एबम नेपाल मगर सघ केन्द्रिय सदस्य जिवन रोका मगर सहयोग गर्दै

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar