भारतसँगको सिमामा तारजाली लगाऔं,रातीराती करेन्ट छोडौं:राहत बाड्ने नाममा नेता,सांसद र मन्त्रीले नै कोरिना सारे:सांसद रामनारायण विडारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसद रामनारायण विडारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसद रामनारायण विडारीले नेपालको पूर्व, पश्चिम र दक्षिण सीामानामा तारजाली लगाउन सरकारसँग माग गरेका छन्।

देश जहिले आक्रान्तमा पर्छ भारतले त्यहीबेला थिचोमिचो गरेको भन्दै अहिले सबै एकजुट भएकोबेला तारजाली लगाउनु पर्ने उनले माग गरेका हुन्।‘देश अहिले दुई किसिमले आक्रान्त परेको छ। अहिले कोरोनाले प्राकृतिक रूपमा र छिमेकी हेपाइ मानवीय रूपमा आइरहेको छ। मोदी सरकार जहिले आयो त्यहीलेदेखि हैरान पारेको छ’, राष्ट्रियसभामा बोल्दै उनले भने,‘कहिले संविधान जारी गर्न पाइँदैन भनेर उफ्रिन्छन्, कहिले भूकम्पले थला परेको नेपाललाई नाकाबन्दीको हैरानी, कहिले कोरोना ग्रस्त भएकोबेला सीमामा मनलाग्दी गरेको छ।’

त्यसैले अबको आर्थिक वर्षमा तारजाली लगाएर रातिराति करेन्ट छोड्ने र दिउँसो करेन्ट निकाल्ने काम गर्नुपर्ने उनले बताए।

‘अबको आर्थिक वर्षमा तारजाली लगाएर रातिराति करेन्ट छोड्ने, दिउँसो करेन्ट निकाल्ने र त्यो तारजाली नेपालको पूर्वदेखि दक्षिणसम्म लगाउनुपर्छ। यो काम तत्काल गर्नुपर्छ’, उनले भने।यसका साथै उनले राहत बाँड्ने नाममा नेता, सांसद र मन्त्रीले नै कोरोना सारेको आरोप लगाएका छन्।उनले राहत बाँड्ने कामको हरिविजोग रहेको बताए।

‘राहत बाँड्न भनेर नेता हुँ भनेर ट्याक्क सुट टाई लाएर गाउँमा गएर मान्छे जम्मा पारेर कोरोना संक्रमित बनाउने काम सांसदले नै गरे’, बिडारीले भने, ‘नेताले गरे, मन्त्रीले गरे, राहत भूकम्पको बेलामा बाँड्ने हो, राहत बाढीपीडित आएको बेलामा बाँड्ने हो।’
उनले कोरोनाका बेला स्थानीय तहले मात्र राहत बाँड्नु उपयुक्त हुने बताए।विडारीले राहत वितरणसम्बन्धी कानुन आवश्यक रहेको बताए।उनले स्थानीय उत्पादनलाई सरकारले किन्नुपर्ने धारणा राखे।
‘स्थानीय तहका उपज भएका तरकारी, दूध, अण्डा, सरकारले किन्नु पर्‍यो र ल्याएर जनताको घर-घरमा पुर्‍याउनु पर्‍यो। ठ्याक्क त्यसको निम्ति पनि सरकारले कानुन ल्याउनु पर्‍यो,’ बिडारीले भने, ‘यसको निम्ति स्थानीय सरकारसँग कुरा गर्नुपर्‍यो र जानकारी लिनुपर्‍यो।’विडारीले स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री अभाव भएको बताए।
‘परीक्षण र उपचारका लागि भेन्टिलेटर छैन, किट छनै, अस्पतालमा सबै चिज छैन, स्वास्थ्यकर्मी सबै डराइरहेका छन्। यी सबै कुरालाई विचार गरेर सरकारले काम गरोस्’, विडारीले भने।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar