काठमाण्डौं: नेपाल मगर संघ प्रदेस समिती प्र.नं.४ (गण्डकी) तमुवान मगरातले विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19 ) बाट विश्वव्यापी महामारीका रुपमा फैलिए सगै नेपाल मगर संघ गण्डकी मगरात प्रदेस कोरोना उद्धार कोष समिती बनाएको छ,कोषमा ६२ हजार १ सय रुपैया प्राप्त भएको छ। अध्यक्ष सिद्धान्त थापा मगरकले वताउनुभएको छ।
कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको छ। सहयो गर्न सबैलाइ अनुरोध गर्नुभएको छ।लकडाउनको कारण दैनिक हातमुख जोड्ने समस्यामा परेका वृद्ध / बृद्दा , शारीरिक अशक्त , बिरामी , मजदुर , विद्यार्थी लगायत अति बिपन्न बर्गलाइ सहयो गर्ने जानकारी नेपाल मगर संघ प्रदेस समिती प्र.नं.४ (गण्डकी) तमुवान मगरात को अध्यक्ष सिद्धान्त थापा मगरले वताउनु भएको छ।