लिम्पियाधुरा,कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिनेछ:राष्ट्रपती विद्यादेवी भण्डारी

सरकारको आर्थिक वर्ष २०७७/०७८  को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपती
विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिने बताएकी छन्।

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो। यो भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल गरिनेछ,’ राष्ट्रपति भण्डारीले भनिन्,‘ लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिनेछ।’

सरकारको आर्थिक वर्ष २०७७/०७८  को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गरिने बताइन्।

पछिल्लो समय भारतीय पक्षले कालापानी क्षेत्रको नेपाली भूमिमा  सडक बनाएपछि नेपालमा चर्को विरोध भइरहेको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar