नेपालमा शनिबारसम्म २७८ जनामा कोरोना संक्रमण पुष्टि , तीमध्ये ३६ जना निको भएर घर फर्किए


नेपालमा एकै दिन आठ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको ११ जना कोरोना संक्रमित आठ जिल्लाका रहेका छन् ।

मन्त्रालयका अनुसार महोत्तरी, काभ्रेपलान्चोक, कपिलवस्तु, बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा कोरोना संक्रमित भेटिएका छन् । ती जिल्लामध्ये काभ्रेपलाञ्चोक र सिरहामा पहिलोपटक कोरोना संक्रमित फेला गरेको हो ।

शनिबारसम्म २६ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ती जिल्लामा उदयपुर, झापा, भोजपुर, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतटह, सप्तरी, सर्लाही र सिरहा हुन् । यस्तै, काठमाडौं, भक्तपुर, चितवन, धादिङ, मकवानपुर, बाग्लुङ, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, बर्दिया, बाँके, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर र कैलालीमा कोरोना संक्रमित फेला परेका छन् ।

शनिबार थप २ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो। आजै बारामा एकजना नेपाल प्रहरीको जवानमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।
जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

उनले प्रहरी जवानलाई अस्पताल लाने तयारी भइरहेको बताए।योसँगै नेपालमा शनिबारसम्म २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३६ जना निको भएर घर फर्किएका छन्।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar