विश्वमा कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या ३,०९,१२५ जना पुग्यो


विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९ हजार १ सय २५ पुगेको छ । संक्रमितको संख्या ४६ लाख ५४ हजार ५ सय ७७ पुगेको छ । संक्रमितमध्ये १७ लाख ७३ हजार ८ सय १८ जना उपचारपछि घर फर्किएका छन् । ४४ हजार ९ सय ५८ जनाको अवस्था भने गम्भीर छ।

अहिलेसम्म अमेरिकामा ८८ हजार ५ सय ४८ जनाको ज्यान गएको छ । स्पेनमा २७ हजार ४ सय ५९, बेलायतमा ३३ हजार ९ सय ९८, इटलीमा ३१ हजार ६ सय १०, फ्रान्समा २७ हजार ५ सय २९ र ब्राजिलमा १४ हजार ९ सय ६२ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar