डब्लुएचओको चेतावनी- विश्वव्यापी मानसिक स्वास्थ्य समस्या आउन सक्छ


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसका कारण विश्वभरका लाखौं मानिसहरूमा मानसिक स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएको छ।

आइसोलेसन, गरिबी र भविष्यप्रतिको अनिश्चितताले मानिसहरूमा मानसिक समस्या थपिन सक्ने डब्लुएचओको मानसिक स्वास्थ्य विभाग प्रमुख डेभोरा केस्टेलको भनाइ छ।

‘आइसोलेसन, डर, अनिश्चितता र आर्थिक उतारचढाव यी सबैले मनोवैज्ञानिक पीडा सिर्जना गर्छन्,’ उनले भनिन्।

संयुक्त राष्ट्रसंघले तयार पारेको कोभिड-१९ का बेला मानसिक स्वास्थ्यसम्बन्धी निर्देशिका बिहीबार सार्वजनिक गर्दै  केस्टेलले गम्भीर मानसिक समस्याका बिरामी बढ्ने सम्भावना भएकाले संसारभरि सरकारहरूले कोरोना महामारीसँग लड्दा यो मुद्दालाई पनि पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिइन्।

मानसिक स्वास्थ्य र  समाजको स्वस्थता नै महामारीका कारण नराम्ररी प्रभावित भएका छन्। यिनको सम्बोधन छिट्टै र प्राथमिकताका साथ गरिनुपर्छ,’ उनले भनिन्।

राष्ट्रसंघको उक्त रिपोर्टमा मानसिक स्वास्थ्य समस्या हुन सक्ने क्षेत्र र वर्गको पनि पहिचान गरेको छ। त्यसमा साथीभाइसँग छुट्टिएका बच्चा र युवा, हजारौं संक्रमित र मृत्युसँग काम गरिरहेका स्वास्थ्यकर्मी पनि छन्।

अरू अध्ययनहरूले पनि  कोभिड-१९ ले विश्वव्यापी मानसिक स्वास्थ्य समस्या ल्याउने देखाएका छन्।

मनोवैज्ञानिकहरूले अहिले नै विभिन्न देशमा बच्चाहरूमा डिप्रेसन  चिट्चिटाहट पनि देखिएको बताएका छन्।

धेरै मानिसहरूलाई अहिले एकान्तमा बस्नुपर्दाको अप्ठेरो एकातिर छ भने अर्कातिर रोग लाग्ला कि र आफन्त गुमाउनु पर्ला कि भन्ने डर छ।

करोडौं मानिसहरूलाई भने रोगले भन्दा भोकले मरिने हो कि भन्ने पीर छ किनकी उनीहरूले आफ्नो नियमित आम्दानी गुमाएका छन्।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar