चिनिया जनमुक्ती सेनाले २ सय ६५ क्युविकका १० वटा कन्टेनर स्वास्थ्य सामाग्री ल्यायो!


नेपाली सेनाले चीनबाट ल्याएको १० ट्रक स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ। २ सय ६५ क्युविकका १० वटा कन्टेनर आज साढे ६ बजे काठमाडौं आइपुगेका हुन्।

‘आज झन्डै ८ टन स्वास्थ्य सामग्री काठमाडौं आइपुगेका छन्,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीसँग भने, ‘९ सय ५२ क्युविक मिटरका कन्टेनर खासा आइसकेका छन्। बाँकी स्वास्थ्य सामग्री पनि ल्याउने काम भइरहेको छ।’

सेनाले सोमबारका लागि चीनको ग्वान्जाओ जहाज पठाउने तयारी समेत गरेको छ।

ग्वान्जाओमा विमानस्थलको व्यस्तताका कारण जहाजबाट स्वास्थ्य सामग्री ल्याउन ढिलो भएको सेनाले जनाएको छ। अहिले आएका सामग्रीमा पिपिई, एन-९५ मास्क र पिसिआरका लागि किट्स लगायत छन्।

सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरिसकेको छ। स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ।

चैत १६ गतेको मन्त्रिपरिषद बेठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar