थप १० जना पुरुषमा भेटियो कोरोना,संक्रमितको संक्रमित २सय९१ पुग्यो


नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमित संख्या २ सय ९१ पुगेको हो।संक्रमित हुने दशै जना पुरुष हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंले गरेको परीक्षणमा उनीहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो।संक्रमितमध्ये ७ जना रौतहट राजपुर नगरपालिका फरउदवा-९ का हुन्। उनीहरूमध्ये दुई जना संक्रमित ३९ वर्षका छन् भने बाँकी ५ जनाको उमेर १८, ३२, ३६,४२ र ४८ वर्ष रहेको छ।

यसैगरी अन्य तीन संक्रमित रौतहट इशनाथ नगरपालिकाको वडा नम्बर ३ र ५ का हुन्। उनीहरूको उमेर २८, ३० र ३३ वर्ष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको बताएको छ।

हिजो शनिबार मात्रै नेपालमा कोरोनाका कारण पहिलो मृत्यु रेकर्ड भएको छ।कोरोनाबाट मुलुकमा शनिबार पहिलोपटक २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar