आज बेलुकी ५बजे प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रीपरिसद् बैठक वस्दै लकडाउन थप्ने निर्णय हुने


कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनका विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनलाई कसरी थप्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले लकडाउनका विषयमा निर्णय गर्नेछ । समितिको बैठक पनि आजै बस्दैछ ।

उच्चस्तरीय समितिले लकडाउन थप्ने, मोडालिटीमा परिवर्तन गर्ने र ठाउँ विशेष अनुसार फरक शैली अपनाउने विषयमा छलफल गरिरहेको छ । विज्ञसँगको छलफलमा विभिन्न विकल्पमा छलफल भइरहेको समितिका सदस्य एवं एक मन्त्रीले मगरात नेपाल डटकमलाइ जानकारी दिए ।

चैत ११ गतेदेखि लागू भएको लकडाउनको समय पटक पटक थपेर भोलि सकिदैछ ।
राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षणको दायरा बढाएसँगै संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ । आइतबार बिहानसम्म नेपालमा २९१ जना संक्रमित भेटिएका छन् भने एक महिलाको कोरोना संक्रमणबाटै मृत्यु भैसकेको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar