नेपालमा अब कहिले नाकावन्दी नहुने: सुवासचन्द्र नेम्वाङ

सत्तारूढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले नेपालमा अब कहिल्यै नाकाबन्दी नहुने बताएका छन् ।

आइतबार संसदमा नीति तथा कार्यक्रममाथि बोल्दै उपनेता नेम्बाङले विगतमा जति नाकाबन्दी भए पनि अब त्यस्तो अवस्था नआउने बताए ।

‘हामीले यो भूपरिवेष्ठित यो देशलाई भूजडित बनायौँ । अरू धेरै चर्चा नगरौँ,’ उनले भने, ‘चीनतर्फ पनि समुद्रसम्म पुग्ने नाका खोल्यौँ, सम्झौता गऱ्यौं अब यहाँ नाकाबन्दी कहिले पनि हुनेछैन । यति कुरा हामीले जनताको समर्थनमा गरेका हौँ । यो नीति तथा कार्यक्रममा उल्लेख छ ।’

नेता नेम्बाङले २०७२ सालमा भूकम्प आएको २०औँ दिनमा दुई छिमेकीले सम्झौता गरेर लिम्पियाधुरालाई व्यापारिक नाकाको रूपमा अगाडि बढाएकोमा पनि असन्तुष्टि पोखे । ।’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar