नेपालमा कोरोना भाइरसवाा दोस्रो व्यक्तीको बाकेमा मृत्यु


काठमाडौं । बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका युवकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल मगरले मृत्यु भएका ती व्यक्तिको पिसिआर परीक्षण रिपोर्टमा कोरोना संक्रमण भएको पाइएको जानकारी दिए ।

बाँकेका युवकसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । ती युवक मुम्बईबाट नेपाल फर्किएका थिए । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा मृत्यु भएका युवकसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको जानकारी दिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar