उच्चस्तरिय समतिको बैठक सम्पन्न,जेठ २० गते लकडाउनको समय थप्ने मन्त्री परिषद् बैठकले निर्णय गर्ने


काठमाडौं । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिको बैठक सम्पन्न भएको छ । समितिले लकडाउनको मोडालिटीका विषयमा छलफल गरेर सरकारलाई लकडाउन जेठको अन्तिमसम्म थप्ने विषयमा सुझाव दिएको स्रोतले जनाएको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय भोलि सकिँदै थियो।

समितिको बैठकमा लकडाउनकै कारण नेपालमा संक्रमण रोकथाम तथा नियन्त्रणलाई रोक्न सकिएको निष्कर्ष निकालिएको प्रधानमन्त्री कार्यालयका सचिव एवं समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिए । कति दिन थप्ने भन्ने विषयको अन्तिम टुंगो भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

समितिका एक सदस्यरहेका एक मन्त्रीले कम्तिमा जेठ २० गते (१५ दिन)सम्म देशभरको लकडाउनको समय थप हुने जानकारी दिए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउन बढाउँदै थप कडाई गर्न सरकारलाई सिफारिस गरेको छ । लक डाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाई गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको विडारीले बताए ।

बजेट छुट्याएरै भएपनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । बिडारीले भने, ‘‘संक्रमित संख्या बढ्दो छ । दुई जनाको दुःखद निधन भएको खवर पनि आएको छ । लकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ । लक डाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ ।’’

बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar