एकजना नर्स सहित थप ३ जना नेपालमा कोरोना संक्रमितको सख्या २सय ९५ पुग्यो


धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित तीन जनामा देखियो कोरोना ,आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ।

बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। जसमा दुईजनाको मृत्यु भएको छ। आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टी भएको हो। संक्रमितमध्ये ३६ जना निको भएका छन्। 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar