स्वदेश फर्किन चाहने नेपालीलाइ प्याकेजमा फर्काउने सरकारको तयारी

प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद बैठक

विदेशबाट फर्किन चाहने नेपालीलाई कसरी स्वदेश फर्काउने भन्नेबारे सरकार तयारीमा जुटेको छ।

एक मन्त्रीका अनुसार, आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट कसरी फर्काउने भन्नेबारे थप छलफल गरेर निर्णय लिने बताएका थिए।

‘विदेशमा रहेका नेपालीलाई प्याकेजमा फर्काउने गरी निर्णय हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ एक मन्त्रीले मगरात नेपाल डटकमसँग भने, ‘सम्भवत: प्रधानमन्त्रीले भोली या बुधबार सम्बोधन गर्नुहुन्छ। त्यही सम्बोधनमा यसबारे भएका निर्णयहरू जानकारी गराउनुहुन्छ।’

यसअघि उच्चस्तरीय समन्वय समितिको बैठकले भारत लगायत तेश्रो मुलुकमा रहेका नेपालीलाई फर्काउने प्रस्ताव गरेको थियो। समितिले कुनै मोडालिटी बनाएर प्याकेजमा फर्काउनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा राखेको थियो।

त्यही प्रस्तावमाथि भएको छलफलमा प्रधामन्त्री ओलीले सम्बोधनमार्फत प्याकेजमा निर्णय गर्ने जानकारी मन्त्रिपरिषदलाई गराएका हुन्।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीलाई भावनामा बहकिएर फर्काउन नसकिने बताउँदै आएका थिए।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar