कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या ३,१५,१८७ पुग्यो:संक्रमितको सख्य ४७,७२,६१२ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३ लाख १५ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बढेर ४७ लाख ७२ हजार ६ सय १२ पुगेको छ । संक्रमितमध्ये १८ लाख ४४ हजार १ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ४४ हजार ७ सय ३१ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ९० हजार ३ सय ४६ जनाको मृत्यु भएको छ । स्पेनमा २७ हजार ६ सय ५०, बेलायतमा ३४ हजार ६ सय ३६, ब्राजिलमा १५ हजार ६ सय ६८, इटलीमा ३१ हजार ९ सय ८ र फ्रान्समा २८ हजार १ सय ८ जनाको मृत्यु भएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar