यहाँ सिंगल व्यक्तिलाई सरकारको सल्लाह : लकडाउनमै सेक्स पार्टनर खोज्नुस् !


एजेन्सी । कोरोना भाइरसको संक्रमणको खतरालाई लिएर नेदरल्याण्ड सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको समयमा सरकारले विभन्नि प्रकारका सर्तहरु राखेको छ।

तीन भिजिटर्स बोलाउन सकिने व्यवस्था कार्यान्वयन गरेको नेदरल्याण्ड सरकारले अब सिंगल व्यक्तिले सेक्स पार्टनर राख्न सल्लाह दिएको छ । सरकारले सेक्स पार्टनर खोज्ने क्रममा केही कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

नेदरल्याण्डको नेशनल इन्टिच्युट फर पब्लिक हेल्थ एण्ड द इनभाइरोमेन्ट (आरआइभिएम)ले सिंगल व्यक्तिले अर्को एक पार्टनरसँग बस्नुपर्नेमा जोड दिएको छ । तर कोरोना भाइरसको कुनै पनि लक्षण देखिएमा भने आफ्नो पार्टनरबाट टाढा रहनुपर्नेमा जोड दिइएको छ । यसअघि नेदरल्याण्ड सरकारको तिब्र आलोचना भएको थियो । सेक्सका विषयमा सिंगल व्यक्तिलाई सल्लाह नदिएको भन्दै सरकारको आलोचना भएको थियो ।

मार्च २३ देखि नेदरल्याण्डले सामाजिक दूरी कायम गर्नेगरी लकडाउन लागू गरेको थियो । घरभित्र बस्दा पनि डेढ मिटर दूरी राख्नुपर्ने नियम राखेकोमा सरकारको आलोचना भएको थियो ।

आरआइभिएमको सल्लाहमा भनिएको छ, जोसँग स्थायी सेक्सुअल पार्टनर छैन, ‘उनीहरुले आफ्नो पार्टनर राख्न सक्छन् । तर स्वास्थ्यमा ध्यान दिएर मात्र यस्ता काम गर्नुपर्छ। धेरै व्यक्तिलाई दुवैजना भेट्नु हुँदैन ।’

नेदरल्याण्डको राजधानी आमस्टडर्म सहर संसारकै ठूलो रेडलाइट एरिया भएको क्षेत्र हो। लकडाउनकै समयमा सरकारले सिंगल व्यक्तिलाई किन यस्तो सल्लाह दियो भन्ने विषय भने खुलाइएको छैन । 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar