एमसिसी पारित गरे राष्ट्रहित विपरीत हुनेछ,’ उनले भने, ‘पैसामा स्वाधिनता साट्न सकिन्न।’ भिम रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद भीम रावलले एमसिसी पारित गर्न नहुने दोहोर्‍याएका छन्।सरकारले ल्याएका नीति तथा कार्यक्रमबारे सोमबार संसदमा भएको छलफलमा भाग लिँदै रावलले एमसिसी पारित गर्न खोजिएको बताए।
एमसिसी पछाडिको ढोकाबाट आउन खोज्दैछ: उहाले भन्नुभयो‘एमसिसी पछाडिको ढोकाबाट आउन खोजेको जस्तो छ,’ उनले भने, ‘कांग्रेस नेताले यस्तै संकेत गर्नुभयो। उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो।’देउवाले आइतबार संसदमा एमसिसी पारित गरेर जानुपर्ने बताएका थिए।

तत्कालीन सरकारले गरेका निर्णय कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो।देउवालाई लक्षित गर्दै रावलले एमसिसी पछाडिको ढोकाबाट आउन खोजेको बताएका हुन्।

‘एमसिसी पारित गरे राष्ट्रहित विपरीत हुनेछ,’ उनले भने, ‘पैसामा स्वाधिनता साट्न सकिन्न।’

उनले नीति तथा कार्यक्रम जति प्रभावकारी हुनुपर्ने हो त्यो नभएको बताए। उनले बजेटका बेला प्रष्ट हुने गरी योजना आउनुपर्ने पनि बताए।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar