कोरोना भाइरसको महासंकटमा पनि सरकार भ्रष्टाचारमा लिप्त: शशांक कोइराला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद शशांक कोइराला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले कोरोना महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताले भ्रष्टाचारमा सरकार लिप्त रहेको प्रष्ट भएको कोइरालाले बताए।सोमबार नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा भाग लिएका सांसद कोइरालाले भने, ‘महासंकटका बेला सरकार संवेदनशील छैन। भ्रष्टाचारमा लिप्त रहेको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताले प्रष्ट पार्छ।’

कोइरालाले नीति तथा कार्यक्रम हेर्दा नागरिकको दु:खमा सरकार संवदेनशील नभएको पनि बताए।उनले सीमाबारे भारतसँग सार्थक र परिणाममुखी वार्ता गर्न आग्रह गरे।

कोरोनाका कारण विदेशमा अलपत्र रहेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउन उनले सरकारलाई आग्रह गरेका छन्।‘विदेशमा रहेका नेपालीलाई घर फर्काउनुपर्छ,’ उनले भने।परीक्षण किट नहुँदा कोरोना परीक्षणको दायरा वृद्धि गर्न सरकारले नसकेको उनले बताए।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar