‘सांसद अपहरण’ आरोप प्रमाणित भए झुण्डिन तयार छु : सांसद श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तो सुकै कारबाही भोग्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आफूमाथि पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताए।

उनले भने, ‘ममाथि लागेको अपहरणको आरोप प्रमाणित भए म झुण्डिन तयार छु, तर आरोप लगाउने डाक्टरले के गर्लान्?’

सांसद श्रेष्ठलगायतमाथि सांसद अपहरणको आरोप लागेको छ।

फरक प्रसंगमा सांसद श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रियताको संवर्द्धनका सन्दर्भमा ठोस कार्यक्रम आएको भन्दै समर्थन गरे।
उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमले समेटेको भन्दै खुसी व्यक्त गरे।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar